रुकुम पश्चिम ११, फागुन ।
नेकपा एमालेका केन्द्रिय सचिब योगेश भट्टराईले सत्ता समीकरणबाटै रास्ट्रपतिमा सहमति हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले आज मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सरकारमा सहभागी दलले नै रास्ट्रपति चयन गर्ने बताउनुभएको हो ।
“पुस १० को ७ दलीय सहमति अनुसार अहिलेको सत्ता साझेदार दलबाटै रास्ट्रपति छनोटमा अग्रिम निर्णय भएको छ, `यसकारण रास्ट्रपति चयनमा सरकारमा रहेको दलको साझा सहमति हुने छ, सचिब भट्टराईले भन्नुभयो ।”
तर सरकारमा सहभागी दलमध्ये पनि नेकपा एमालेले नै रास्ट्रपति पाउने र सो निर्णय पुस १० मा नै भैसकेको उहाँले बताउनुभएको छ । त्यसअनुरुप रास्ट्रपतिको निर्वाचनमा सत्ता साझेदार दलले यसअघिको सहमति कायम गर्नुपर्ने सचिव भट्टराईको भनाइ छ । उहाँले यही सरकारले पाँच वर्ष सम्म सरकार संचालन गर्ने र यसबाट अस्थिर राजनीतिक प्रणालीको अन्यौलता हटेर जाने बताउनुभएको छ ।
त्यस्तै अर्को एक फरक प्रसङ्गमा बोल्दै सचिब भट्टराईले रास्ट्रपतिकै कारण हालको सत्ता समीकरण भत्किए नेकपा एमाले सरकारबाट बाहिरिने ठोकुवा गर्नुभएको छ ।
नेकपा एमालेको दुई महिने पार्टी विस्तार तथा संगठन सुदृढीकरण अभियान अन्तर्गत सचिब भट्टराई रुकुम पश्चिम आउनुभएको हो । आगामी बैशाख ९ गते समापन गर्ने गरि हाल नेकपा एमालेले देशव्यापी पार्टी गतिविधिमा आधारित अभियान संचालन गरेको छ ।
