रुकुम पश्चिम बाट बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा तथा प्रदेश सभा ‘क’ का उम्मेदवार महेन्द्र केसी र ‘ख’ का उम्मेदवार राजकुमार शर्माको प्रतिबद्धता पत्र सार्वजनिक भएको हो ।
उम्मेदवारको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिबद्धता पत्र सावर्जनिक गर्नुभयो ।‘पहिलो कार्यकाल २०६४ मा शान्ति प्रक्रिया स्थापित गर्ने, संविधानमा जनअधिकार उल्लेख गर्न सडक र सदन संघर्षका साथ विकासका आफ्नै मौलिक तय गर्न वित्यो, दोस्रो कार्यकाल २०७० मा सडक, विद्युत लगायत पूर्वाधार विकास र संविधान निर्माणमा वित्यो, तेस्रो कार्यकाल २०७४ समग्र पूर्वाधार विकास, उत्पादन र सम्भावनाको आधार तयार गर्न वित्यो, प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले भन्नुभयो ।’
२०६४ पछि जिल्लामा भएको समग्र विकास र अवको ५ वर्षमा गर्ने कामहरु सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै शर्माले जनप्रतिनिधि वा संवैधानिक भूमिकामा रहँदा विगतमा जस्तै अव पनि रुकुमको हितमा काम गर्ने संकल्प गर्नुभयो ।
निर्वाचन मार्फत प्राप्त हुने चौथो कार्यकाल गठबन्धन दलको संयुक्त पहलमा गुणात्मक पूर्वाधार, रोजगारी सृजना र गरिबी अन्त्यका लागि कृषिको आधुनिकिकरण एवं औद्योगिकरण, नयाँ प्रविधियूक्त शैक्षिक विकास सहित सामाजिक न्याय स्थापनामा आर्थिक उत्पादन एवं सामाजिक, सांस्कृतिक रुपान्तरण अभियान मार्फत सुशासन सहित जनताको जीवनमा परिवर्तनको अवधि हुने उहाँलेब शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
