एकीकृत समाजवादीको निर्वाचन लक्षित बैठक सम्पन्न
64x64
२०७९ कार्तिक ०१ मंगलबार प्रेसपालिका संवाददाता
110 Views

रुकुम पश्चिम १, असोज ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले आज मुसिकोटमा निर्वाचन लक्षित बैठक सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन तयारीका लागि बैठक सम्पन्न गरेको हो ।

पार्टी अध्यक्ष हरि प्रसाद शर्माका अनुसार जिल्ला कमिटीको सातौं बैठक मार्फत निर्वाचन तयारी र परिचालन सम्बन्धमा विभिन्न विभाग गठन र चुनावी कार्यक्रमको रुपरेखा तय गरिएको छ । जसअन्तर्गत बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचन तयारीका लागि कात्तिक १२ देखि २७ गते सम्म सबै पालिकाका वडामा निर्वाचन लक्षित कार्यक्रम गर्ने भएको छ । त्यस्तै पार्टी र समानुपातिक उम्मेदवार सङ्ग सम्बन्धित प्रचार सामग्रीको उत्पादन तथा वितरण समेत गरिने नेकपा एस रुकुम पश्चिमले जनाएको छ ।
त्यसका लागि आर्थिक संकलन गर्ने गरि सबै पालिका अध्यक्षलाई जिम्मेवारी दिइएको छ । बैठक बाट निर्वाचन प्रचारप्रसारका लागि देउसी भैलो कार्यक्रमको पनि आयोजना गरेर जनताको घरदैलोमा पुग्ने पार्टी अध्यक्ष शर्माले बताउनुभएको छ ।

तर बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि भने गठबन्धनका प्रत्यक्ष उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

बैठकमा नेकपा (एस) का पोलिटब्युरो सदस्य शेर बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सचिब ठकेन्द्र प्रकाश पुरी, केन्द्रिय सदस्य देबी ओली र विमल कुमार पुन मगर लगायत अतिथिको उपस्थिति रहेको बताइएको छ ।

पार्टी सचिब सुरज कुमार परियारले सञ्चालन गर्नुभएको बैठकको अध्यक्षता पार्टी अध्यक्ष हरीप्रसाद शर्माले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |