रुकुम पश्चिम कांग्रेसका ख’का उम्मेदवार ओलीविरुद्ध उजुरी
64x64
२०७९ असोज २४ सोमबार प्रेसपालिका संवाददाता
434 Views

रुकुम पश्चिम (ख) बाट प्रदेश सभाका उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा परेको भन्दै उजुरी परेको छ । कांग्रेसबाट प्रदेश सभाका लागि ओलीले आइतबार मनोनयन पत्र दर्ता गराएका थिए ।

उनको विरुद्धमा धुर्वविक्रम बुढाथोकीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा मुद्दा दायर गरेका हुन् । बुढाथोकी सोही क्षेत्रबाट माओवादीबाट प्रदेश सभाका उम्मेदवार राजकुमार शर्माका प्रतिनिधि हुन् । कांग्रेस नेता ओलीले बैंकिङ कसुर मुद्दा नं ०७६fj–०००३ मा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख छ ।

गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस/माओवादी भनेर नै उल्लेख गरेको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो । ओलीलाई यस विषयमा बुझ्न खोज्दा रातोपाटीसँग भने,‘ सम्मानित सर्वोच्च अदालतमा मैले दोहो¥याई पाउँ भनेर माग गरेको छु । मैले रकम साउन महिनामा तिरिसकेको छु भने गत माघमा मुद्दा चलाइएको छ । मुद्दा नै जालसाजी तरिकाले चलाइएको छ भने गत साउनमा रकम लगेको मसँग प्रमाण छ । फैसला चाँहि भएको हो, अब के हुन्छ थाह छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News