रुकुम पश्चिम बाट प्रतिनिधि सभामा शर्मा , प्रदेश सभामा केसी र शर्मा उम्मेदवारी दर्ता
64x64
२०७९ असोज २३ आइतबार प्रेसपालिका संवाददाता
297 Views

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागी नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले मनोनयन दर्ता गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार प्रतिनिधि सभाको उम्मेदवारको लागी जनार्दन शर्माले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कार्यालय रुकुम पश्चिमले जानकारी दिनुभयो ।

जनार्दन शर्माको प्रस्तावकमा गोपाल शर्मा र समर्थकमा रातो कामी रहनुभएको छ ।
यस्तै गरि प्रतिनिधि सभामा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को लागी महेन्द्र केसीले र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को लागी राजकुमार शर्माको उम्मेदवार दर्ता भएको छ ।

महेन्द्र केसीको प्रस्तावकमा गोपिश्वर केसी र समर्थकमा देविलाल गौतम रहनुभएको छ भने राजकुमार शर्माको प्रस्तावकमा गोविन्द रोका र समर्थकमा देवबहादुर विक रहुनभएको छ । जनार्दन शर्मा भने हाल नेपाल सरकारको अर्थमन्त्री समेत रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News