प्रारम्भिक कमिटी गठन
64x64
२०७९ असोज ०४ मंगलबार प्रेसपालिका संवाददाता
950 Views

रुकुम पश्चिम ४, असोज ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले यमुनानन्द नमुना माध्यमिक बिद्यालय सेरिगाउँमा आज २५ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको छ । अनेरास्ववियु रुकुम पश्चिम सहसचिव नवीन शर्मा र कोषाध्यक्ष रमेश मल्लको उपस्थितिमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको कमिटी गठन गरिएको हो ।

प्रारम्भिक कमिटीको अध्यक्षमा सुनिक बि. क., उपाध्यक्षमा मिना बि. क. र मनोज बिष्ट रहेको अनेरास्ववियु रुकुम पश्चिमले बताएको छ । त्यस्तै सचिवमा बसन्ती ओली, सहसचिवमा मदन भण्डारी/रुसा शाह र कोषाध्यक्षमा बसन्त पुन मगर रहेका छन् ।

अनेरास्ववियु रुकुम पश्चिमले जिल्लाका प्रत्येक विद्यालयमा प्रारम्भिक कमिटी निर्माण गर्ने कार्यक्रम रहेको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |