जनसाँस्कृतिक महासंघ कर्णाली प्रदेश अध्यक्षमा कटुवाल
64x64
२०७९ असोज ०३ सोमबार प्रेसपालिका संवाददाता
425 Views

रुकुम पश्चिम ०३, असाेज ।
नेकपा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघ कर्णाली प्रदेशकाे प्रथम सम्मेलनबाट ५१ सदस्यीय नयाँ प्रदेश समिति गठन भएको छ । साेमबार वीरेन्द्रनगर सुर्खेत जिल्ला समन्वय समितिकाे हलमा सम्पन्न भएको कार्यक्रमबाट नयाँ प्रदेश समिति गठन भएको हो ।

माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष कृष्ण जिसीकाे प्रमुख आतिथ्यतामा सप्पन्न भएको कार्यक्रमले एलवि कटुवाल अध्यक्ष रहेको नयाँ प्रदेश समिति चयन गरिएको आयोजकले बताएको छ ।

जनसाँस्कृतिक महासंघ कर्णालीका अनुसार प्रदेश समितिको उपाध्यक्षमा रण बहादुर बुढा सचिवमा धिरेन थापा अनुपम, सह-सचिवमा गनेश ओली चयन भएका छन् । साथै उक्त कार्यक्रमकाे सञ्चालन भने युदबिक्रम साहिले गर्नु भएकाे थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News