माओवादी केन्द्र चौरजहारीले गर्यो ९ वटा निर्णय
64x64
२०७९ असोज ०२ आइतबार प्रेसपालिका संवाददाता
830 Views

रुकुम पश्चिम २, असोज ।
नेकपा माओवादी केन्द्र चौरजहारीको नगर कमिटीले आगामी निर्वाचनका लागि नौ वटा निर्णय गरेको छ । शनिबार चौरजहरीमा बसेको बैठकले प्रदेश र प्रतिनिधि सभाको तयारीका लागि ९ वटा निर्णय गरेको हो ।

नगर कमिटी अध्यक्ष श्रीकृष्ण शर्माका अनुसार नगर तथा वडा निर्वाचन परिचालन समिति र विभिन्न बिभाग गठन गरिएको छ । बैठकले विभाग अन्तर्गत उत्पादन तथा आर्थिक व्यवस्थापन, स्कुलिङ्ग तथा सामाजिक साँस्कृतिक विभाग, विकास निर्माण लगायत गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै कार्यालय सचीव तोक्ने र ७ सय जनाको युवा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको माओवादी केन्द्र चौरजहारी नगर कमिटीले बताएको छ ।

यसैगरी यहि असोज ४ गते देखि सबै वडाका बैठक र ८ गते देखि मोर्चा संगठनका बैठक गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि कमान्ड इन्चार्ज तोकिएको छ ।

नगर कमिटी बैठकले चाडपर्व लक्षित जनवादी भैलो पनि खेल्ने नगर कमिटी उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुख खुम बहादुर खडकाले जनकारि दिनु भएकाे छ । माओवादी केन्द्र चौरजहारीले गर्यो ९ वटा निर्णय - प्रेस पालिका माओवादी केन्द्र चौरजहारीले गर्यो ९ वटा निर्णय - प्रेस पालिका

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nirmal kc
Nirmal kc
2 years ago

मलाई संगठन बिभाग को सदस्य जस्तो गरिमामय पद को जिम्मेवारी दिनु भएको मा ने क पा माओवादी केन्द्र चौरजहारी नगर समिति लाई हार्दिक धन्यवाद सहित आभर व्यक्त गर्न चाहान्छु । ✊🙏

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |