चौरजहारीमा जनसाँस्कृतिक महासंघको सम्मेलन हुँदै
64x64
२०७९ भाद्र २२ बुधबार प्रेसपालिका संवाददाता
940 Views

रुकुम पश्चिम २२, भदौ ।
रुकुम पश्चिमको चौरजहारीमा जनसाँस्कृतिक महासंघको प्रथम नगर सम्मेलन हुने भएको छ । जनताको कला, साहित्य र संस्कृति निर्माण तथा उत्पीडन शोषण विरुद्धका लागि नगर सम्मेलन गर्न लागिएको हो ।

नेकपा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघले यहि भदौ २५ गते चौरजहारीमा रहेको पुर्ण शान्त सहिद स्मृती भवनमा सम्मेलन गरिने बताएको छ ।

महासंघले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक लगायत अन्य विविध समस्यासँग सम्बन्धित रहेर न्यायपूर्ण सङ्घर्षको पक्षमा आवाज उठाउने गरि सम्मेलन गर्न लागिएको जनाएको छ ।

त्यस्तै जनयुद्ध,जनआन्दोलन लगायतका सबै न्यायपूर्ण सङ्घर्ष मार्फत प्राप्त उपलब्धिको रक्षा गर्ने र सबै खाले दमन, उत्पीडन, शोषण एवं थिचोमिचोको विरुद्ध जनताको कला, साहित्य र संस्कृति निर्माणका सन्दर्भमा सम्मेलन केन्द्रित रहने भएको छ ।

यसैगरी प्रथम नगर सम्मेलन बाट नगर समिति निर्माण तथा चयन हुने आयोजकको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |