खोलागाउँमा कक्षा इकाई गठन
64x64
२०७९ भाद्र १९ आइतबार प्रेसपालिका संवाददाता
485 Views

रूकुम पश्चिम चौरजहारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले इकाई गठन कार्यक्रमलाई तिब्रता दिई रहेको छ । ” विद्यार्थीसंग अखिल (क्रान्तिकारी) ” भन्ने अभियानलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति विद्यालयहरूमा गएर सङ्गठन विस्तार गरी रहेको छ । जस अन्तर्गत आज नगरपालिकाको वडा नम्बर ११ स्थित हिमालय माध्यमिक विद्यालय खोलागाउँमा कक्षा इकाई समितिहरु गठन गरेको अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी जनाएको छ ।

कक्षा १० काे सेक्सन ए मा सुहाना रोकायकाे अध्यक्षता २० सदस्यीय कक्षा इकाई समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा कोपिला विएम , सचिवमा नम्रता रोकाय , सह सचिबमा सुदिना देवकोटा र कोषाध्यक्षमा सुनिता ओली रहनु भएको छ ।खोलागाउँमा कक्षा इकाई गठन - प्रेस पालिका

कक्षा १० काे सेक्सन वि मा कृपलाल खड्काको अध्यक्षता २१ सदस्यीय कक्षा इकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा तिर्मी बिक , सचिवमा धनुषा भण्डारी र सह सचिबमा शुसिला बिक रहनु भएको छ । भने कोषाध्यक्षमा देवीका बटाला रहनु भएकाे छ ।खोलागाउँमा कक्षा इकाई गठन - प्रेस पालिका

त्यस्तै कक्षा १० काे सेक्सन सी मा वीरेन्द्र पुनको अध्यक्षतामा ३२ सदस्यीय कक्षा इकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा खडक रोकाय, सचिवमा शिक्षा परियार, सह सचिवमा विपना रोकाय र कोषाध्यक्षमा टेकेन्द्र ओली रहनु भएको छ ।खोलागाउँमा कक्षा इकाई गठन - प्रेस पालिका

कक्षा ९ काे सेक्सन वि निशान विष्टको अध्यक्षतामा २८ सदस्यीय कक्षा इकाई समिति गठन गरिएको छ ।जसको उपाध्यक्षमा डीलसर अधिकारी र सुनिता केसी , सचिवमा निर्मल तिरुवा , सह सचिवमा लक्षमण बोहोरा र प्रकाश डाँगी रहनु भएको छ भने कोषध्यक्षमा सुमित्रा बिक रहनु भएको छ।

उक्त कार्यक्रममा अखिल क्रान्तिकारी चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगी, विद्यार्थी नेता रमा खड्का , दिपेश बिक , नविन्द्र महतारा , भैरव बिक , बिनिता विसी लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News