नेकपा एसको संगठन सुदृढीकरण समिक्षा बैठक सम्पन्न
64x64
२०८० बैसाख ३० शनिबार प्रेसपालिका संवाददाता
285 Views

रुकुम पश्चिम ३०, बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गतको समिक्षा बैठक शनिबार सम्पन्न भएको छ । पार्टी सर्कुलर अनुसार देशैभर संचालन भइरहेको संगठन सुदृढीकरण तथा कार्यान्वयन कार्ययोजनामा आधारित जिल्ला कमिटीको दशौं बैठक मुसिकोटमा सम्पन्न भएको हो ।

बैठकले हाल चलिरहेको संगठन सुदृढीकरणको समिक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा बृहत छलफल गरेको नेकपा एस रुकुम पश्चिमका अध्यक्ष विमलकुमार पुन मगरले बताउनुभएको छ । उहाँले जेठ मसान्तसम्म सबै पालिका र वडामा भेला तथा  बैठक सम्पन्न गरिसक्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ ।

जसअन्तर्गत सानीभेरीमा जेठ ८ गते, बाँफिकोटमा १० गते, चौरजहारीमा १५ गते, आठबिसकोटमा १४ गते, मुसिकोटमा २५ र त्रिवेणीमा २८ गते पालिका भेलाको मिति तय गरिएको छ । त्यस्तै बैठकले आगामी जेठ महिनामा जनसंगठनका जिल्ला भेला र बैठक सम्पन्न गर्ने मिति समेत तय गरेको छ ।

जिल्ला कमिटीको समिक्षा बैठकले जेठ २० गते भित्रै संगठित सदस्यता नवीकरण तथा वितरण अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

पार्टीका पोलिटब्युरो सदस्य शेर बहादुर केसीको प्रमुख आतिथ्यता रहेको बैठकमा कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष तथा केन्द्रीय सदस्य ठगेन्द्र प्रकाश पुरी र केन्द्रीय सदस्य शारदा परियारको उपस्थिति रहेको बताइएको छ । बैठकको संचालन पार्टी सचिव सुरज कुमार परियारले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News