४१ सदस्यीय नयाँ नगर समिति गठन
64x64
२०७९ भाद्र २५ शनिबार प्रेसपालिका संवाददाता
582 Views

रुकुम  पश्चिम  २५, भदौ ।
नेकपा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघ चौरजहारी नगरपालिकाको प्रथम नगर सम्मेलनबाट ४१ सदस्यीय नयाँ नगर समिति गठन भएको छ । शनिबार चौरजहारी स्थित पुर्ण शान्त सहिद स्मृती भवनमा सम्पन्न भएको कार्यक्रमबाट नयाँ नगर समिति गठन भएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल शर्माको प्रमुख आतिथ्यतामा सप्पन्न भएको कार्यक्रमले विजय तिरुवा अध्यक्ष रहेको नयाँ नगर समिति चयन गरिएको आयोजकले बताएको छ ।

जनसाँस्कृतिक महासंघ चौरजहारीका अनुसार नगर समितिको उपाध्यक्षमा प्रेम बि.क./रिम स्वर्णकार, सचिवमा चट्टान बि.क. सह-सचिवमा जीवन केसि/जमुना समाल र कोषाध्यक्षमा रिता देबकोटा चयन भएका छन् ।

त्यस्तै यही भदौ २९ गते हुने जिल्ला सम्मेलनका लागि समेत ७ जना प्रतिनिधि छनोट गरिएको बताइएको छ ।  जिल्ला प्रतिनिधिमा समोज देवकोटा, वीरेन्द्र सोनी, गिता ओली, अनुसा पुन मगर, दिपा देवकोटा, राजेन्द्र बिक र विजय तिरुवा रहेका छन् ।

एल. वी. कटुवालको अध्यक्षतामा सम्पन्न जनसाँस्कृतिक महासंघ चौरजहारी नगरपालिकाको प्रथम नगर सम्मेलनको संचालन ज्ञानु गौतमले गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News