जन्मदिनको अवसरमा गाउँघर क्लिनिकलाई आर्थिक सहयोग
64x64
२०८० श्रावन १६ मंगलबार प्रेसपालिका संवाददाता
447 Views

रुकुम पश्चिम १६, साउन ।
आफ्नो जन्मदिनको अवसर पारेर रुकुम पूर्वको भुमे गाउँपालिका स्थित महत स्वास्थ्य चौकीमा कार्यरत अहेब हेमराज ओलीले खोप तथा गाउँघर क्लिनिक भूमे ८ कोवाङ रुकुम पूर्वलाई आर्थिक सहयोग गर्नुभएको छ । जन्मदिनमा हुने खर्च कटाएर ओलीले खोप तथा गाउँघर क्लिनिक कोवाङलाई सहयोग गर्नुभएको हो ।

रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडानम्बर -१०, घर भई हाल महत स्वास्थ्य चौकी भूमे रुकुम पूर्वमा कार्यरत अहेव ओलीले ५ हजार १ सय ५१ रुपैयाँ खोप तथा गाउँघर क्लिनिकलाई सहयोग गर्नुभएको छ ।

जन्मदिनमा अनावश्यक फजुल खर्च भन्दा सामाजिक कार्यमा योगदान गर्ने हेतुले सहयोग गरिएको ओलीको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News