कबिता -‘म’ स्वयम् मेरो आफ्नै मनभित्रको
मनको एउटा संकुचित
घेराको चक्रव्युमा फँसेको छु
एउटा नयाँ यात्राको थालनीमा
बौद्धिकताको फराकिलो यो बाटोमा !
मलाई यताउता भुल्याउनलाई
यात्रामा एउटा ठुलै प्रखाल देख्छु !
” म ” मेरो मनभित्र देख्छु
यो मेरो गाउँको प्रश्न-चिन्ह ?
मेरो गाउँको , मेरो ठाउँको
मेरो ठाउँ हिँड्दै गरेको यो अबस्था
कृर्षि-व्यापार पशु पालनमा उत्सुकता यो ठाउँको अबस्था भौगौलिक हिसाबले ठगेको भयपनी।
भू-मण्डलीकरणमा बौद्धिक चिन्तन यो ठाउँको लाग्छ अब मेरो गाउँ अर्कै हुनुपर्छ
मेरो विचारभित्र एउटा ” क्रान्ति ” आउनुपर्छ !!
‘ तपाई’ सम्झौताको बजारमा
खुसी र दुःख राख्ने एउटा कृर्षी र टेवुल पाउँनु हुने छ
टेबलभरी नीतिका कुरा
साथमा पानीभरीको गिलास अनी गिलासमा नाचिरहेको झिंगा देख्छु।
अनि एउटा गाउँको व्यथा”
छचल्किएर सम्झौताको आधार सल्बलाएको देख्छु।
समर्थनको भारी मनभित्र
अनी भित्रि मनबाट थपिँदै गइरहेको हुन्छ,
आफू हिँड्न पर्ने यो बाटोमा ठुलो प्रखाल हुन्छ।
” मेरो ” गाउँ चिच्याएको हुन्छ मेरो गाउँ अँध्यारो हुन्छ
” मेरो” गाउँ कसैलाई खोजेको हुन्छ तर उ हराएको हुन्छ।
तपाई बस्ने ठाउँतिर बत्ती कसो-कसो उज्यालो देख्छु
मेरो विचारभित्र एउटा ” क्रान्ति ” सल्किरहेको हुन्छ ।।
मलाई क्रान्तिको बाटो हिँड्नु छ
सभ्यताको प्रतिबिम्ब जस्तो
परिवेशको रुप-रङ्ग ‘अनी गाउँको बिकास देखिनु छ
तपाई कृर्षिमा बसे जस्तो मंन्चमा उभिए जस्तो
हरेक अनुहार हजुर जस्तै हाँसिरहेको पाउनु छ
खुसी भय जस्तो
भिरपाखा मा जाने भरीयाहरुलाई परेको दुःख
सायद मंन्चबाट दीए को बौद्धिकताको भाषणले खुसी मिल्दैन होला
नयाँ समाजबादी यात्रामा हिँड्ने हाम्रो चाहाना सायद भिरपाखा मैं हुन्छ होला
चाहेर तपाईहरुले डोहोरयाउन खोजें पनी सम्भव देखीन मैले ———–छबिलाल बिष्ट सानिभेरी ३ रुकुम( पश्चिम )