
तिम्रो शक्ति अपरम्पार छ,
त्यो दीलको निशाना
अनी एकहोरो हेराई
रोक्न सक्दैन कसैले
आधी र हुरि वा
बिनासकारी प्रलय,
कसैले हराउदैन तिमिलाइ
किनकी तिमि ज्वालामुखी हौ।
तर जिन्दगी
तिमीले मेरो भित्र मनको
को कोखा भित्र
घुसेर घुमाउरो रेखा पार्यौ,
नशा नशामा बग्ने रगतलाई मुटुमा सार्यौ तर दील खै कता झार्यौ झार्यौ!
खै कसरी लुट्पुटियौ
नदिनाला फरोक्त को सहि बनिदियौ,
जब हजारौं पीडाहरु
एकै चिहान बन्छ
थुप्रै दाउराको चाङ जस्तै,
तेतीबेला लाक्छ ठुलो सघर्षको पहाड ठडिन्छ!
प्रिय जिन्दगी कीन सल्बलाउछौ
अचानो मा थिचिएकै
बेला फेरी के सोच्दैछौ
मनको बयान ओकल्छौ,
तर दीलभीत्र को मोल भाउ चर्क्याउछौ
अनि
बगाउने हरु सुक्दै जान्छन
तिम्रा खुसीका छालहरु सुक्दै जान्छन।
हेर जिन्दगी
तिमि भाग्यमानी हौ या होइनौ
म केहि जान्दिन,
तर
तिमिलाइ पराजित गर्ने तिम्रो सामर्थ्य
आज
भय उत्पादनमा
व्यूह
तिमीलाई दुखहरुले थिचेर हो,
या के हो तिमि यसरी किन बोल्छ्यौ
