बाँफिकोट गाउँपालिका वडा नम्बर १० को सार्वजनिक सुनुवाई सम्पन्न
64x64
२०८१ असार ०६ बुधबार प्रेसपालिका संवाददाता
441 Views

रुकुम पश्चिम ४, असार ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० ले चालु आर्थिक बर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडामा चालू आर्थिक बर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाई गरिएको हो ।

बफिकोट गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष हरि बहादुर चन्दले वडाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं वडाको समग्र सेवा प्रवाहको विषयमा सवाल जवाफ भएको थियो ।

वडा अध्यक्ष चन्दले प्र्रस्तुत गर्नुभएको बार्षिक प्रगती प्रतिवेदनमा शिक्षा,सडक,खानेपानी,स्वास्थ्य,कृषी तथा पशू,सिँचाई,युवा तथा खेलकुद,कार्यालय व्यवस्थापन लगाएतका क्षेत्रमा वडाले सम्पन्न गरेको प्रगती विवरण समावेश गरिएको थियो ।

वडा अध्यक्ष चन्दले आफूहरु वडाको आफुहरु अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि सधैभरी खबरदारी गर्न वडाबासीलाई आग्रह गर्नुभएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्बर १० को सार्वजनिक सुनुवाई सम्पन्न - प्रेस पालिका

त्यस्तै पालिकाले गरेका कामहरु जनतामामाझ पुर्याउने र जनताका सवालहरुलाई आगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेटमा समावेश गर्न सार्वजनिक सुनुवाई कार्यक्रमले सहयोग गर्ने बिस्वास लिएको गाँउपालिका उपाध्यक्ष तारा बुढा केसीले बत्ताउनुभयो ।सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी,वडा अध्यक्ष हरी बहादुर चन्द ,वडाक कर्मचारी,राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,शिक्षक लगाएतको उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनुवाइको सहजिकरण पत्रकार देव कुमार ओली र दिपेन्द्र महताराले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |