सानिभेरी गाँउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
64x64
२०८१ जेठ २२ मंगलबार प्रेसपालिका संवाददाता
295 Views

जेठ,२२ रुकुम पश्चिम

रुकुम पश्चिमको सानिभेरी गाँउपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालिकाका ११ ओटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले गाँउपालिकाको बार्षिक प्रतिवेदन तथा सम्बन्धित वडाका वडा अध्यक्षहरुले वडाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाँउपालिकाको समग्र सेवा प्रवाहको विषयमा सवाल जवाफ भएको थियो ।

गाँउपालिकाका अध्यक्ष बिर्ख बहादुर बिस्टले गाउँपालिका अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि सधैभरी खबरदारी गर्न गाँउपालिका बासीलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै पालिकाले गरेका कामहरु जनतामामाझ पुर्याउने र जनताका सवालहरुलाई आगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेटमा समावेश गर्न सार्वजनिक सुनुवाई कार्यक्रमले सहयोग गर्ने बिस्वास लिएको गाँउपालिका उपाध्यक्ष कमला रोका पुनले बत्ताउनुभयो ।

जेठ १६ गते वडा नम्बर एक र वडा नम्बर दुई ,१७ गते वडा नम्बर तिन र वडा नम्बर चार , १८ गते वडा नम्बर पाँच र वडा नम्बर छ ,१९ गते वडा नम्बर सात र वडा नम्बर आठ,२० गते वडा नम्बर नौ र २१ गते वडा नम्बर दश र एघार नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।

सानिभेरी गाँउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न - प्रेस पालिका

सार्वजनिक सुनुवाई कार्यक्रममा गाँउपालिका अध्यक्ष बिर्ख बहादुर बिस्ट,उपाध्यक्ष कमला रोका पुन,प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी,योजना शाखा प्रमुख मिनाराम केसी,लेखापाल दिनेश ओली लगाएतको उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगाएतले गाँउपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार देव कुमार ओली,दिपेन्द्र महतारा र बलेन्द्र ओलीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |