रुकुम पूर्व १४, भदौ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा निशुल्क लोकसेवा तयारी तथा अभिमुखिकरण कक्षा सुरु भएको छ । बुधबार रुक्मिणी जय सुपेरियर मल्टिप्रपोज कम्पनी प्रालिको आयोजना तथा सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु भएको हो ।
गाउँपालिका भित्रका युवालाई लोकसेवामा आकर्षित गर्न र अधिकतम ज्ञान प्रदान गर्ने उदेश्यले निशुल्क तयारी कक्षा सुरु गरिएको गाउँपालिकाले बताएको छ ।
यहाँको गाउँपालिकाले गत वर्ष पनि करिब तीन महिने लोकसेवा कक्षा संचालन गरेको थियो । यो वर्ष पनि गाउँपालिकाले निशुल्क तयारी कक्षालाई निरन्तरता दिएको छ ।