बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै नगरपालिका
64x64
२०८० श्रावन २६ शुक्रबार प्रेसपालिका संवाददाता
413 Views

सत्य बटाला
रुकुम पश्चिम २६, साउन ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यलाई अगाडि बढाएको छ । पालिकाका विभिन्न वडामा बर्षा सङ्गै गएको बाढी र पहिरो प्रभावित क्षेत्रको अवलोकनलाई निरन्तरता दिएको हो ।

नगरपालिकाका नगरप्रमुख रबि केसी सहितको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको छ । जसअन्तर्गत वडानम्बर -१०, को बाढी प्रभावित क्षेत्र घारिखोला पेदामा शुक्रबार नगर प्रमुख रबि केसीले अनुगमन गर्नुभएको छ ।

सो अनुगमन लगत्तै उक्त क्षेत्रमा तत्काल काठेपुल निर्माणका लागि बजेटको व्यवस्था गरिने भएको छ । त्यस्तै विपद व्यवस्थापन शाखा आठविसकोटबाट केही रासनको व्यवस्था गरिएको नगरप्रमुख केसीले बताउनुभएको छ । उहाँले थप राहतका लागि पहल गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

यहाँको घारिखोला पेदामा हप्ता दिन अघिको बाढीले ३ वटा घर र ३ वटा घट्ट पूर्ण रुपमा क्षेति गरेको छ । घारिखोला पेदा जोड्ने मोटर पुल, एक घर र एक वटा घट्ट भने उच्च जोखिममा रहेको बताइएको छ ।

नगरपालिकाले अझै पनि पालिकाका विभिन्न क्षेत्रमा बाढी पहिरो जान सक्ने सम्भावना भएकाले सबै नगरवासीलाई सुरक्षित रहन अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News