चौरजहारीले सम्पन्न गर्यो सार्वजनिक सुनुवाइ
64x64
२०८० जेठ २० शनिबार प्रेसपालिका संवाददाता
412 Views

रुकुम पश्चिम २०, जेठ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । जनप्रतिनिधिका एक वर्ष तथा चालु आर्थिक वर्षमा सम्पादित कामकाज र समिक्षा सहितको सार्वजनिक   सुनुवाइ सम्पन्न गरेको हो ।

कार्यपालिको कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक विकास, सामाजिक विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, रोजगार, न्यायीक कार्यसम्पादनका क्षेत्रमा सम्पादित कामहरूको विवरण सार्वजनिक गरिएको नगरपालिकाले बताएको छ ।

त्यस्तै कार्यक्रममा वित्तीय प्रगति अन्तर्गत प्राप्त आम्दानी र खर्चको विवरण पनि सार्वजनिक गरिएको छ । जसअन्तर्गत हालसम्म ७९.३२ प्रतिशत वास्तविक आय भएकोमा ६३ प्रतिशत खर्च भएको छ । चालुतर्फ ७२.७६ र पुँजीगततर्फ ५२.७९ प्रतिशत खर्च भएको छ ।

नगरप्रमुख प्रमुख पुष्प वादीले नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका निकायबाट हुने सेवाप्रवाहलाई थप व्यवस्थित, गुणस्तरीय, जवाफदेही र पारदर्शी बनाउने प्रतिबद्धता राख्नुभएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख एवं प्रतिनिधि, सरकारी र गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, कर्मचारी, व्यापारी वुद्धिजीवि , पत्रकार लगायतको उपस्थिति रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |