त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन बन्दै
64x64
२०७९ चैत्र २४ शुक्रबार प्रेसपालिका संवाददाता
271 Views

रुकुम पश्चिम २४, चैत ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको खारानेटामा एकीकृत सेवा प्रवाहका लागि प्रशासकीय भवन निर्माणको कामले तीव्रता पाएको छ । स्थानीय तहको प्रशासकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत संघ र स्थानीय सरकारको साझेदारीमा भवन निर्माणको कामले निरन्तरता पाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीका अनुसार ६ करोड बढि लागतमा बन्दै गरेको भवनको हालसम्म १८ प्रतिशत काम पूरा भएको छ । आगामी वर्ष २०८१ बैशाखमा सम्पन्न हुने गरि निर्माण कार्य चलिरहेको भवनका लागि संघीय सरकारको ६० र स्थानीय तहको ४० प्रतिशत लागत रहेको छ ।

तीन तलाको ३३ कोठे भवन निर्माणको काम पूरा भएपछि गाउँपालिकाको एकीकृत सेवा प्रवाहमा सहजता आउने बताईएको छ । स्थानीय सरकार निर्माण पछि त्रिवेणी गाउँपालिकाको आफ्नै प्रशासकीय भवन नहुँदा हालसम्म अस्थायी ट्रस्ट भवनबाट सेवाप्रवाहको काम चलिरहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |