प्रबिधि सम्बन्धी पाँच दिने क्षमता विकास तालिम सम्पन्न
64x64
२०७९ फाल्गुण ११ बिहिबार प्रेसपालिका संवाददाता
311 Views

कुबेर ओली/ रुकुम पश्चिम ११, फागुन ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाद्वारा आधारभूत तथा माध्यमिक विद्यालय स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी पाँच  दिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ । त्रिवेणी गाउँपलिकाका आधारभूत तथा माध्यामिक विद्यालयमा कार्यरत कम्प्युटर शिक्षक र आइटी फोकल पर्सनहरुको लागि तालिम प्रदान गरीएको शिक्षा युवा तथा खेलकुद शाखा त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

विद्यालयहरुलाई प्रबिधिमैत्री बनाउन यसअघि लिइएको लक्ष्य अनुसार विद्यालयमा कार्यरत कम्प्युटर र आइटी स्रोत शिक्षकलाई क्षमता विकास गर्न गाउँपालिकाको आर्थिक वर्ष  २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले तालिमको लागि मात्रै तालिममा सहभागि हुन नभइ तालिम पछि तालिमको औचित्य पुष्टी हुने गरि सिकेका कुरा व्यवहारमा अनिवार्य प्रयोग गर्नुपर्ने बताउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले करकापबाट नभइ कुनै पनि सीप सिक्न इच्छाशक्ति हुनुपर्ने र शिक्षकहरुले पनि जोस जागर उत्प्रेरणाको रुपमा स्थापित गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास समिति संयोजक रनबहादुर पुनले शिक्षकहरुले  दिइएको जिम्मेवारी पूरा गर्न र राज्यले गरेको लगानीको समुचित प्रयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयहरुमा अनुगमनको क्रममा केही गल्ति कमजोरी भेटिएको र सो लाइ सच्याउन सल्लाह दिइएपनि नसच्याइएको पाइएकोले विद्यायालयका प्रसासनिक र व्यवस्थापकीय कार्य तथा शैक्षिक गतिविधिहरु कुशल प्रशासकको रुपमा जिम्मेवारीबोध गरी कार्य गर्न निर्देशन समेत दिनुभयो ।

प्रबिधीमैत्री शिक्षण सिकाइको लागि राज्यले हरकोसिस गरिरहेको र सोको लागि स्रोत तथा सामग्रीहरुको व्यवस्था गर्दै आएको र विद्यालयहरुमा प्रदान गरिएका सामग्रीहरुको उचित व्यवस्थापन र नियमन नियन्त्रन गर्ने दायित्व विद्यालयका प्रधानाध्यापकहरुको रहेको बताउँदै उक्त सामग्रीहरु विद्यालयमा नभेटिएको र प्रयोगमा नल्याइएको पाइएमा प्रधानाध्यापकहरुलाइ कार्बाहि गरीने उहाँले बताउनुभयो । गाउँपालिका अन्तर्गतका कार्यालयमा हाल प्रयोगमा ल्याइएको र शैक्षिक सत्र २०८०/०८१ देखि  विद्यालयहरुमा पनि ई हाजिरीको प्रयोगमा ल्याउन शिक्षा शाखासंग समन्वय भैरहेको पुनले बताउनुभयो ।

त्रिवेणी माध्यामिक विद्यालय सिम्रुतुमा फागुन ६ गते शनिबार उद्घाटन गरिएको तालिमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष गणेश कुमार केसीको रहेको थियो ।

उपाध्यक्ष राजकुमारी रेउले, सामाजिक विकास समिति संयोजक रनबहादुर पुन, निमित्त शाखा प्रमुख सुरेश पुन, स्रोतव्यक्ति नरेन्द्र दाहाल, त्रिवेणी मावि सिम्रुतुका प्रधानाध्यापक डिल्ली बहादुर मल्ल, शिक्षा युवा तथा खेलकुद शाखा कम्प्युटर अपरेटर रोशन बोहरा, कार्यालय सहायक लिलामनि दाहाल लगायतको उपस्थिति रहेको थियो ।पाँच दिन सम्म सन्चालित तालिमको सहजीकरण शिक्षा विकास तथा समन्वय इकाइ रुकुमका प्रा.स. डायमन्ड पुन, त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुका कम्प्युटर शिक्षक  गम्भिरमान पुन, त्रिवेणी गाउँपालिकाका सूचना अधिकृत युवराज गिरी  लगायतले गर्नुभएको थियो ।

पाँच दिने क्षमता विकास तालिममा त्रिवेणी गाउँपालिकाका आधारभूत र माध्यामिक विद्यालय गरि ४५ जना शिक्षक शिक्षिकाहरुको  सहभागिता रहेको थियो । सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा विद्यालय र विद्यार्थीको विवरण प्रविष्ट गर्ने, पावरपोइन्टमा स्लाइड निर्मान तथा प्रस्तुतीकरण गर्ने, इमेल इन्टरनेटको प्रयोग, सामाजिक लेखा परिक्षण रिपोर्ट कार्ड निर्मान गर्ने, दिवाखाजा र विद्यालय सुशासनका विषयमा सहभागिहरुलाइ तालिम दिइएको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत ओवीराम रोकाले बताउनुभयो । तालिमको बुधबार समापन गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News