मुसिकोटमा अटो रिक्सा सञ्चालनमा आउने
64x64
२०७९ फाल्गुण १० बुधबार प्रेसपालिका संवाददाता
220 Views

रुकुम पश्चिम १०, फागुन ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अटो रिक्सा संचालन गर्न दिने भएको छ । नगरपालिकाले अटो तथा इ–रिक्सा कार्यविधि निमार्ण गरि अटो रिक्सा सञ्चालनमा ल्याउन लागेको हो ।

नगरका ६ वटा रुटमा अटो रिक्सा संचालन गर्न पाइने जानकारी सहित नगरपालिकाले अटो रिक्सा संचालनका लागि निवेदन दिन १५ दिने सूचना जारी गरेको छ । तत्काललाई नगर भरमा २४ वटा अटो रिक्सालाई संचालन अनुमति दिने भएको छ ।
नगरपालिकाको छिवाङ जिउला–सादनचौर–माछमी हुँदै खलंगासम्म ६ वटा, स्याउली बजार–सोलावाङ हुँदै खलंगासम्म ४ वटा , होल्तारा–झुल्खेत हुँदै खलंगासम्म ४ वटा घोरखानी–साँख हुँदै खलंगासम्म ४ वटा, पशुपती मावि रातामाटा हुँदै खलंगासम्म २ वटा र खलंगा–सल्ले–शेरिगाउँ–पिपलनेटा–शितलपोखरी–मुसिकोटडाँडासम्म ४ वटा अटो रिक्सा गरि जम्मा २४ वटा अटो रिक्सालाई संचालन अनुमति दिइने मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्काले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै नगरपालिकाको कार्यविध भित्र रहे, नरहेको, भाडा दर र अन्य मापदण्डको लागि नगर प्रमुख महेन्द्र केसीको संयोजकमा समिति समेत निर्माण गरिएको छ । जसमा नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कानुन अधिकृत, ट्राफिक प्रहरी र यातायात शाखाको प्रतिनिधित्व रहेको छ । भने अटो मुसीकोट नगरपालिका भित्रका नागरिकले मात्र चलाउन पाउने नगर प्रमुख केसीले बताउनुभयो ।
नगरमा अटो सञ्चालन हुदा छोटो दुरीका यात्रुहरुका लागि सुविधा भएपनि कालोपत्रे नभएका जोखिमपूर्ण सडक र लामो दुरीमा समेत अटो संचालन अनुमति दिदा दुर्घटनाको जोखिम बढ्ने चिन्ता भने बढेको छ ।
मुसिकोटमा लामो समय देखि अटो संचालनको प्रयास भएपनि दुर्घटनाको जोखिम उच्च रहेको भन्दै यस अघिका सरकारले अनुमति दिएका थिएनन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News