कार्यशाला गोष्ठी सम्पन्न
64x64
२०७९ फाल्गुण ०५ शुक्रबार प्रेसपालिका संवाददाता
267 Views

रुकुम पश्चिम ५, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा  आवधिक योजना तर्जुमा सम्बन्धी पूर्व  कार्यशाला गोष्ठी सम्पन्न भएकोे छ । मुसिकोट नगरपालिकाको आयोजना र हेड लाईट प्रालि काठमाण्डौको सहजिकरणमा दुई दिने  कार्याशाला गोष्ठि सम्पन्न भएको होे ।

कार्यशाला गोष्ठीमा आवधिक योजना बनाउने प्रक्रिया, योजना निर्माणका ५ सूचक, आर्थिक बिकास, वन तथा बातावरण, सुशासन र व्यवस्थापन, भौतिक पूर्वधार तथा निर्माण र सामाजिक विकासका सूचक निर्धारण र निर्माण गरिनुका साथै योजनाको कार्यान्वनका सम्भावना, अवसर तथा समस्याहरु समेत निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो  ।

उहाँका अनुसार यहि फागुण ७ गते देखि वडा स्तरीय आवधिक योजना तर्जुमा सम्बन्धी पूर्व  कार्यशाला गोष्ठी सञ्चालन गर्ने निर्णय पनि भएको छ । फाल्गुण ७ गते देखि वडानम्बर १ बाट सुरु हुने कार्यशाला गोष्ठी क्रमश फागुण २० गते वडानम्बर १४ मा गएर सम्पन्न हुने छ ।

कार्यशाला गोष्ठीको सहजीकरण नेपाल सरकारका पूर्व सहसचिव रमेशकुमार अधिकारी र समाजशास्त्री कर्णबहादुर नेपालीले गरिरहनु भएको छ ।

नगरप्रमुख महेन्द्र केसीको अध्यक्षतामा समपन्न भएको कार्यशाला गोष्ठी नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख, शिक्षक, स्थानीय नागरिक सहित पत्रकारको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |