मुसिकोटमा पशु बिमा कार्यक्रम सञ्चालन
64x64
२०७९ माघ २६ बिहिबार प्रेसपालिका संवाददाता
245 Views

रुकुम पश्चिम २६, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा लक्षित बर्ग बिषेश पशु बिमा कार्यक्रम सञ्चालन भएको छ । नगरपालिकाका १४ वटै वडाका पशुपालन गर्ने दलित, जनजाति, एकल महिला, अपांग र द्धन्दपीडितले पाल्दै आएका गाईभैंसी र भेडाबाख्रामा नरपालिकाले निशुल्क रुपमा पशु बिमा गरिदिने भएको हो ।

मुसिकोट नगरपालिका पशु सेवा शाखा रुकुम पश्चिमको आव २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम र मुसिकोट नगरपालिका कृषि बिकास समितिको गत पुस २५ गतेको निर्णय अनुसार नगरपालिकाको पशु बिमा प्रबर्धन प्रोत्साहन व्यवस्थापन तथा संचालन कार्यविधि २०७६ (संसोधन) र बिमा बोर्डको निर्देशिका बमोजिम पशु बिमा प्रर्बधन गर्न प्रति पशु बिमाको लागि कृषकले तिर्नु पर्ने २० प्रतिशत बिमाङक रकम मुसिकोट नरपालिकाले व्यहोर्ने पशु सेवा शाखा मुसिकोट नगरपालिकाका भेटेरिनरी अधिकृत (छैटौ) सरस्वती सापकोटा खड्काले जानकारी दिनुभयो ।

लक्षित वर्गका कृषकहरुले आफुले पालन गरेका पशु विवरण खुल्ने गरी आवदेन पत्र, नेपाली नागरिकताको प्रतिलिपि र लक्षित वर्ग पहिचान हुने कागजात सहित २०७९ चैत्र मसान्त सम्म पशु सेवा शाखा मुसिकोट नगरपालिका अथवा सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न सक्ने भेटेरिनरी अधिकृत (छैटौ) सापकोटाको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News