त्रिवेणीमा कार्यशाला गोष्ठी सम्पन्न
64x64
२०७९ माघ ०७ शनिबार प्रेसपालिका संवाददाता
279 Views

रुकुम पश्चिम ७, माघ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा आवधिक योजना तर्जुमा सम्बन्धी पूर्व  कार्यशाला गोष्ठी समपन्न भएको छ । गाउँपालिकाको सभाहल खारनेटामा २ दिनसम्म सञ्चालन भएको कार्यशाला गोष्ठी आज सम्पन्न भएको हो ।

त्रिवेणी गाउँपालिकाको आयोजना र हेड लाईट प्रालि काठमाण्डौको सहजीकरणमा सम्पन्न कार्यशाला गोष्ठीमा आवधिक योजना बनाउने प्रक्रिया, योजना निर्माणका विभिन्न पाँच सूचक बारेमा छलफल गरिएको गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले जानकारी दिनुभएको छ ।

५ वर्षमा गरिने  योजना निर्माणका आर्थिक, वन तथा बाताववरण, सुशासन र व्यवस्थापन, भौतिक पूर्वधार तथा निर्माण र सामाजिक विकासका सूचक निर्धारण र निर्माण गरिनुका साथै योजनाको कार्यान्वनका सम्भावना, अवसर तथा समस्याहरु समेत निर्माण गरिएकोे उहाँको भनाइ छ ।

२ दिन सम्म गाउँपालिकामा सञ्चालन भएको आवधिक योजना तथा कार्याशाला गोष्ठी  यहि माघ १८ गते देखि गाउँपालिकाको १० वटै वडामा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यशाला गोष्ठीको सहजीकरण नेपाल सरकारका पूर्व सचिव डाक्टर मानबहादुर विश्वकर्मा, डाक्टर चेत परियार र समाजशास्त्री कर्णबहादुर नेपालीले गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षता रहेको कार्यशाला गोष्ठीमा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, राजनितिक दतका प्रमुख, शिक्षक, स्थानीय नागरिक सहित पत्रकारको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News