लोक सेवा तयारी कक्षा संचालन गर्दै वडा सरकार
64x64
२०७९ पुष २१ बिहिबार प्रेसपालिका संवाददाता
195 Views

रुकुम पश्चिम २१, पुस ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -१०, ले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको छ । जनसमुदायमा लोक सेवा तथा सरकारी सेवा प्रतिको आकर्षणलाई मध्यनजर गदै लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्न लागेको हो ।

आर्थिक बर्ष २०७९/८० को बार्षिक स्विकृत कार्यक्रम अनुसार वडाका लक्षित समुदायको लागि १० नम्बरवडा स्तरीय लोक सेवा आयोगको पुर्व तयारी कक्षा संचालन गर्न लागेको वडा अध्यक्ष धन बहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार सरकारी सेवा प्रवेश गर्न ईच्छुक सम्पुर्ण सरोकारवाला उम्मेद्धारहरुका लागि निशुल्क रुपमा तयारी कक्षा संचालन गर्न लागिएको हो । उम्मेद्धार १० नम्बर वडाको स्थायी बासिन्दा हुनुपर्ने, कम्तिमा एस. एल. सी. अथवा एस. ई. ई. उतिर्ण गरेको र उमेर १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनुपर्नेछ । महिला र अपाङगता भएकाको हकमा भने १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनुपर्नेछ ।

लोक सेवा आयोगको तयारी कक्षा लिन चाहाने ईच्छुक उम्मेद्धारहरुले व्यक्तिगत निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि सहित माघ १ गते भित्र वडा कार्यालयमा सम्पर्क गर्न सक्ने वडा अध्यक्ष खड्काले बत्ताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News