बजार अनुगमन
64x64
२०७९ कार्तिक ०४ शुक्रबार प्रेसपालिका संवाददाता
327 Views

रुकुम पश्चिम ४, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -४, सोलाबाङमा आज बजार अनुगमन गरिएको छ । मुसिकोट नगरपालिकाको समन्वयमा प्रशासन, पशुसेवा, घरेलु, कृषि लगायत कार्यालयका प्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।

नगर उपप्रमुख विमल कुमार पुन मगरका अनुसार चाडपर्वको समयमा म्याद गुज्रिएका सामग्रीको किनबेच हुने भएकाले कालो बजारी रोक्न अनुगमन गरिएको छ । सो अनुगमनको क्रममा सोलावाङ स्थित २० भन्दा बढी होटेल तथा पसलको अनुगमन गरिएको छ ।

अनुगमन टोलीले यहाँका खाद्यान्न, होटेल, एग्रोभेट, मेडिकल, किराना लगायत पसलको अनुगमन गरेको छ । त्यस्तै सोलाबाङको न्यू शाही किराना पसलको गोदाममा म्याद गुज्रिएका पेय पदार्थ र सामग्री भेटिएकाले प्रहरीको रोहबरमा पसल सिलवन्दी गरिएको छ । टोलीले अन्य पसलबाट समेत म्याद गएका सामग्री जफत गरेको छ ।

पसल संचालन गरेर नगरपालिका र सम्बन्धित कार्यालयमा दर्ता तथा नवीकरण नभएका पसललाई भने तत्काल प्रक्रियामा जान अनुगमन टोलीले आग्रह गरेको छ । त्यस्तै मूल्य सूची, साइन बोर्ड, नापतौल प्रमाण, खरिद बिल भए/नभएको समेत अनुगमन गरिएको नगरपालिकाले बताएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
6 months ago

online pharmacies https://pudbiascan.strikingly.com/

Cheers, Loads of posts.

Flash News