चाैरजहारीमा १०३ जनाको नि:शुल्क आँखा अप्रेशन १०७ जनालाई चश्मा वितरण
64x64
२०७९ असोज ३१ सोमबार प्रेसपालिका संवाददाता
281 Views

रुकुम (पश्चिम) को चौरजहारी नगरपालिमा नि:शुल्क आँखा अप्रेशन शिविर सञ्चालन भएकाे हाे । मेडिकल फाउन्डेसन अस्टेलियाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल तथा आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा सञ्चालित भएको थियाे । नि:शुल्क आँखा अप्रेशन शिविरको उद्घाटन शुक्रबार चौरजहारी नगरपालिका नगरप्रमुख पुष्प वादीले गर्नु भएको थियो । असोज २८ र २९ गते शिविरमा मोतिविन्दु भएका १०३ जनाको अप्रेशन गर्नुका साथै १०७ जनालाई चश्मा वितरण गरिएको आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज धन बहादुर खत्रीले जानकारी दिनुभएको छ ।

अप्रेशन गर्न बिरामीहरूको सहजताका लागि नगरपालिकाका पाँच स्थानमा छनोट शिविर सञ्चालन गरिएको थियो । १४ नं. वडा कार्यालय, १२ नं. स्थित आधारभूत स्वास्थ्य केन्द्र, सहिदस्मृति नगर अस्पताल, कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र र चौरजहारी २ स्थित सेवाकेन्द्रमा छनोट शिविर गरिएको हो । छनोटका क्रममा जम्मा ९३० जनाको जाँच गरिएको नगरपालिकाले बताएको छ ।

चौरजहारी नगरपालिकाको आयोजना, ग्लोबल शिविरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग गर्ने सबैप्रति हार्दिक आभारसहित धन्यवाद !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |