सानीभेरीको निर्णय : बाढी पहिरोबाट पीडितलाई राहत
64x64
२०७९ भाद्र ३१ शुक्रबार प्रेसपालिका संवाददाता
153 Views

रुकुम पश्चिम ३१, भदौ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले बाढी र पहिरो पीडित घरपरिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार सानीभेरी गाउँपालिकाको बिपद ब्यवस्थापन समितिको बैठकले विभिन्न निर्णय गर्दै राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले गाउँपालिकाका बाढी र पहिरो पीडितका लागि ४ वटा महत्वपूर्ण निर्णय गरेको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताउनुभएको छ । उहाँका अनुसार बाढी र पहिरोले क्षति पुगेका ३० घर परिवारलाई २ लाख छैसठ्ठी हजार रकम सानीभेरी गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै बाढी पहिरोले क्षतिग्रस्त बनाएका खानेपानीका लागि झण्डै ११ हजार मिटर बराबरको पाईप उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड खोज्ने निर्णय पनि गरिएको बताएको छ ।

बैठकले आर्थिक वर्ष ७९/८० को मनसुनजन्य बिपदबाट प्रभाबित भएका ब्यक्तिलाई निजि आवास पुननिर्माण तथा पुनस्र्थापना कार्यक्रमबाट घर पुननिर्माणको लागि लाभग्राहि छनोट गर्ने भएका छ । त्यसका लागि छनोट भएका घरपरिवारको विवरण जिल्ला बिपद् ब्यवस्थापन समिति रुकुम पश्चिममा सिफारिस गरी पठाउने निर्णय पारित गरिएको गाउँपालिको बताएको छ ।

सिफारिस परेका ब्यक्तिहरु
१. रामकला नकाल  सानीभेरी -३, रुकुम पश्चिम
२. रिमा बि.क.  सानीभेरी – २, रुकुम पश्चिम
३. काली कामी  सानीभेरी -३, रुकुम पश्चिम
४. भरत कुमार बि.क.  सानीभेरी -११, रुकुम पश्चिम
५. तिलक पुन  सानीभेरी ५, रुकुम पश्चिम
६. कर्णे कुसारी  सानीभेरी –५, रुकुम पश्चिम
७. दलजित बस्नेत  सानीभेरी –५, रुकुम पश्चिम
८. गगने कुसारी  सानीभेरी –५, रुकुम पश्चिम
९.अन्जना पुन  सानीभेरी –५, रुकुम पश्चिम
१०. कर्ण बहादुर दमाई  सानीभेरी –११, रुकुम पश्चिम
११. नरेश खड्का  सानीभेरी –९, रुकुम पश्चिम
१२. तिलु चन्द  सानीभेरी –४, रुकुम पश्चिम
१३. रामसरी ओली  सानीभेरी –११, रुकुम पश्चिम
१४. ओपेन्दओली  सानीभेरी –३, रुकुम पश्चिम
१५. आशिराम पुन  सानीभेरी –३, रुकुम पश्चिम
१६. भागिराम कुंवर  सानीभेरी –९, रुकुम पश्चिम
१७. अनिल बि.क.  सानीभेरी –८, रुकुम पश्चिम

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News