द्धन्द प्रभावित महिला र जनप्रतिनिधि विच शान्ति संवाद
64x64
२०७९ भाद्र २९ बुधबार प्रेसपालिका संवाददाता
265 Views

रुकुम पश्चिम २८,भदौ ।
रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा द्धन्द प्रभावित महिला र जनप्रतिनिधि विच शान्ति संम्बाद कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिका केन्द्रमा ओरेक नेपालको आयोजनामा शान्ति संवाद कार्यक्रम सम्पन्न भएको हो ।

तत्कालिन समयमा द्धन्दबाट प्रभावित बनेका महिलाहरुका गुणासा र जिज्ञासामा आधारित रहेर शान्ति संवाद कार्यक्रम सम्पन्न गरिएको ओरेक नेपाल रुकुम पश्चिमले बताएको छ । सो शान्ति संवाद कार्यक्रमले द्धन्द प्रभावित महिलालाई सामाजिक तथा मानसिक रुपमा राहत पुग्ने भएको छ ।

द्धन्द प्रभावित महिला र जनप्रतिनिधि विच शान्ति संवाद - प्रेस पालिकाकार्यक्रममा गाउँपालिका भित्रका सबै वडाका द्धन्द प्रभावित महिला र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी प्रमुख विष्णु प्रसाद सोती लगायतको उपस्थिति रहेको ओरेकले बताएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News