ढुङ्गाले भत्किएको वडापालिकाको भवन निर्माण
64x64
२०७९ भाद्र २७ सोमबार प्रेसपालिका संवाददाता
253 Views

जमुना गौतम, रुकुम पूर्व २७ भदौ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर ‐३, को वडा कार्यालय मर्मत गरिएको छ । गत असार महिनाको २० गते पोखरा गाउँ माथिबाट आएको ढुङ्गाले क्षति गरेको भवन मर्मत गरिएको हो । झन्डै २ महिना पछि भवन निर्माण कार्य सम्पन्न भएको वडापालिकाले बताएको छ ।

सो भवन गाउँपालिकाको १ लाख ४५ हजार आर्थिक सहयोगमा निर्माण गरिएको वडा अध्यक्ष हेराम खड्काले बताउनुभयो।

यसअघि ढुङ्गाले वडाकार्यलयको बैठक बस्ने हलमा क्षति पुगेको थियो । अबभने भवन मर्मत पछि वडाबाट हुने सबै सेवा प्रवाह सहज रुपमा सञ्चालन हुने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News