रुकुम पूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
64x64
२०७९ भाद्र १० शुक्रबार प्रेसपालिका संवाददाता
115 Views

जमुना गाैतम /रुकुम पूर्वमा गएको आर्थिक वर्षको जिल्ला स्तरीय समीक्षा तथा चालू आर्थिक वर्षका कार्यक्रम सार्वजनिक कार्यक्रम समापन भएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको आयोजनामा बिहिबार सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविको सभाहलमा कार्यक्रम सुरु भएको हो ।

गएको आर्थिक वर्षको वार्षिक समीक्षा तथा चालू आर्थिक वर्षको कार्यक्रम सार्र्वजनिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सङ्घीय, प्रदेश मातहतका जिल्ला स्थित कार्यालय र स्थानीय तहको वार्षिक समीक्षा कार्यक्रम तथा चालू आर्थिक वर्षको कार्यक्रम सार्वजनिक गर्ने कार्य जारी रहेको छ । जिल्लामा रहेका २३ वटा कार्यालयले आफ्नो वार्षिक प्रगति र चालू आर्थिक वर्षको कार्यक्रम सार्वजनिक भएको छ । उक्त कार्यक्रम आज समापन गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने अतिथिले आफ्नो कार्यालयका कार्यक्रम समयलाई खाल राखि कार्य सम्पादन गर्नु पर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष सकिने बेला मात्र बजेट खर्च गर्ने प्रवृत्तिलाई त्याग्दै जानु पर्ने धारणा राखेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका नेता तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुनको रहेको थियो । विशेष अतिथिमा जिसस उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालयका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता रहेकोमा कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News