चौरजहारीमा बालबालिकालाई काेराेना बिरुद्ध खाेप लगाउने
64x64
२०७९ भाद्र ०३ शुक्रबार प्रेसपालिका संवाददाता
142 Views

रुकुम पश्चिम चौरजहारी नगरपालिकामा काेराेना बिरुद्धकाे फाइजर खाेप लगाउने भएकाे छ । यहीँ भाद्र ७ गते देखि १३ गते सम्म बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । मंगलवार देखि नगरपालिका भित्रका ५ वर्ष देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाउने भएको हो ।

विश्वभर फैलिरहेका विभिन्न प्रजाति र उपप्रजातिका कोरोना भाइरसले निम्त्याउन सक्ने लहरबाट बालबालिकालाई जोगाउन खोपनै प्रभावकारी उपाय रहेकाले खोप लगाउन सुरु गरेको हो । चौरजहारी नगरपालिका भित्रका सबै विद्यालय,आधारभूत स्वास्थ्य सेवा केन्द्र ,स्वास्थय चौकी ,प्राथमिक स्वास्थ्य सेवा केन्द्र र नगर अस्पतालमा खोप लगाईने स्वास्थ शाखा चौरजहारीले जनाएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News