चौरजहारीमा संचालन रोजगार सहायक करार पदपूर्तिका लागि परीक्षामा कोही पास भएनन्
64x64
२०७९ श्रावन २१ शनिबार प्रेसपालिका संवाददाता
1119 Views

चाैरजहारी नगरपालिकाले रोजगार सहायकका लागि पुनः विज्ञापन खोलेको छ । पहिलो पटक खोलिएको विज्ञापनबाट कुनैपनि उम्मेदवार उत्तिर्ण हुन नसकेपछि नगरपालिकाले पुनः विज्ञापन खोलेको हो ।

उक्त विज्ञापन अनुसार आवेदन दिएका उम्मेदवार मध्यबाट नगरपालिकाले साउन १३ गते प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरेको थियो । जसमा १० जनाको नाम समावेश भएको थियो । नगरपालिकाले प्रारम्भिक योग्यताक्रममा नाम भएका उम्मेदवारहरुलाई साउन २० गते लिखित परीक्षा र कम्प्युटर सीप परीक्षण गरेको थियो । नगरपालिकाले पहिलो पटक असार २७ गते विज्ञापन खोलेको थियो ।

त्यस्तै परीक्षामा सहभागि भएका कुनैपनि उम्मेदवार उत्तिर्ण नभएको नगरपालिकाले जानकारी दिएकाे छ। कुनैपनि उम्मेदवार सफल नभएपछि नगरपालिकाले शुक्रबार पुनः विज्ञापन गरेको हो । त्यस्तै भाद्र ३ गतेसम्म दरखास्त दिन मिल्ने गरी विज्ञापन गरेकाे नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News