पुथाउत्तरगंगाका काेभिड प्रभावित ५ सय ६० परिवारलाई राहत वितरण
64x64
२०७९ श्रावन २१ शनिबार प्रेसपालिका संवाददाता
143 Views

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका ५ सय ६० परिवारले कोभिड प्रभावित राहत प्राप्त गरेका छन् । प्रति परिवार ४० हजारका दरले नगद राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७८/०७९ को उक्त राहत वापतको रकम प्रदान भइरहेको  अध्यक्ष घर्तीले बताउनुभयो । १४ वटै वडाका कोभिड प्रभावितलाई गाउँपालिकाले राहत प्रदान गरेको हो । हरेक वडाका ४० जनाका दरले राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कर्मचारीहरु वडा वडामा पुगेर राहत प्रदान गरिरहेका छन् । १० हजारका दरले हरेक वडामा ४ लाख र १४ वडामा ५६ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । कोभिडका कारण समस्यामा परेकाहरुको सहयोगका लागि संघीय सरकारले उक्त रकम पठाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News