सेवालाई प्रभावकारी बनाउन चाैरजहारीले थाल्यो सेवाग्राही सन्तुष्टि सर्वेक्षण
64x64
२०७९ श्रावन ०३ मंगलबार प्रेसपालिका संवाददाता
529 Views

रूकुम पश्चिमकाे चौरजहारी नगरपालिकाले सेवाग्राही सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्न थालिएको हाे ।सेवाग्राहीको सन्तुष्टि मापनबाट पृष्ठपोषण र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको छ । सर्वेक्षणले सेवा प्रवाहको स्तर मापन गर्ने छ । प्राप्त सुझावका आधारमा सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनु भयाे । सेवाग्राहीको सुझावलाई कार्यसम्पादनको मार्गदर्शन बनाइने प्रमुख ढकालले बताउनु भयाे । कार्यालयले सार्वजनिक सेवा प्रवाहको अवस्था पहिचान गर्न सेवाग्राही सन्तुष्टि सर्वेक्षण सुरु गरिएको हो । सेवालाई प्रभावकारी बनाउन चाैरजहारीले थाल्यो सेवाग्राही सन्तुष्टि सर्वेक्षण - प्रेस पालिकाविभिन्न छ वटा पक्षमा सर्वेक्षण हुने गरेको छ । सेवा प्राप्त गर्न सहजीकरण, सेवाका लागि लागेको समय, कर्मचारीले गरेको व्यवहारको सर्वेक्षण हुने ,कर्मचारीबाट सेवाका लागि आवश्यक सूचनाको स्पष्ट, सेवा प्रक्रिया र समग्रमा सेवा कस्तो रह्यो भन्ने विषयमा पनि सुझाव लिने गरिएको छ । कार्यालयको सेवा प्रवाह थप सुधारका लागि व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News