चौरजहारी नगरकार्यपालिकाकाे चौथौ कार्यपालिका निर्णयहरु
64x64
२०७९ असार २६ आइतबार प्रेसपालिका संवाददाता
483 Views

रुकुम पश्चिम चौरजहारी नगरपालिका नगरकार्यपालिकाको चौथौ कार्यपालिका बैठक सम्पन्न भएको छ । नगर प्रमुख पुष्प बादीको अध्यक्षतामा बसेको बैठकले बिभिन्ना निर्णय गरेकाे छ । नगरपालिकाबाट सञ्चालित बिभिन्न ठेक्काहरुको तीन महिना म्याद थप गर्ने र कोरोना प्रभावित परिवारलाई राहत वितरण गर्ने, सहिद स्मृति नगर अस्पताल व्यवस्थापन तथा सञ्चालनको लागि सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो ।

कार्यालयमा रहेका तिन, पलामका टुक्रा लगायतका जिर्ण सामाग्रीहरु लिलाम गर्ने र चौरजहारी १, २ र ३ नम्वरमा रहेको टार सिचाईको कुलो सञ्चालनमा ल्याउने निर्णय भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । कार्यपालिका बैठकले २७ गते देखि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्ने, केहि शिर्षक रकमान्तर भएका योजनाको निर्णय अनुमोदन गर्ने, उहाँका अनुसार आवश्यक केहि कर्मचारीहरुको पदपूर्ति, यस अघि करारमा रहेका कर्मचारीहरुको म्याद थप गर्ने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |