त्रिवेणी गाऊपालिकामा आगामी आर्थिक बर्षमा २ ओटा नमुना प्राविधिक बिद्यालय स्थापना गरिने
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७९ /०८० कोे नीति, कार्यक्रम र वजेट ल्याएको छ । आज भएको सातौँ गाउँसभामा गाउँपालिका अध्यक्ष गनेश कुमार केसीले नीति, कार्यक्रम पेश गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृर्षि, पशुपालन, स्थानीय सडक, सिंचाई पर्यटन रोजगारीलाई प्राथमिकतामा राखीएको छ ।
नीति तथा कार्यक्रममा आगामी वर्षमा पालिका भित्र २ वटा नमुना प्राविधिक विद्यालय स्थापना गरी दक्ष प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने, एथोपेथिक अस्पताल सगैँ आयुर्वेद उपचार केन्द्र र प्राकृतिक उपचार केन्द्र स्थापना गरिने, प्रत्येक वडामा बढीमा १० अति विपन्न घरपरिवार छनोट गरी निशुल्क स्वास्थ्य विमा गरिने , पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रमअगाडि बढाईने, पिउने पानी पहुँचमा स्वच्छता र शुद्धता, एक घर एक धारा त्रिवेणी गाउँपालिकाको प्रतिवद्धता भन्ने नाराका साथ स्वच्छ सुरक्षित, सर्वशुलव र दिगो खानेपानी योजना निमार्ण तथा सरसफाई सेवामा आम नागरिकको पहुँच स्थापित गरिने गाउँपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्यस्तै कृर्षिलाई आधुनिकिकरण, व्यवसायिकरण गर्ने, स्थान विशेषताको आधारमा तरकारी, खाद्यान्न ,फलफुल, जडीवुटि उत्पादन पकेट क्षेत्र तोकि काम अगाडि बढाइने किसानहरुलाई सोही अनुसार प्राविधिक सेवा औजारमा अनुदानको व्यवस्था मिलाऊने,लगायत
सडक, खानेपानी, विद्युत आवास तथा सहरिकरण, सार्वजनिक भवन जस्ता विषयमा उच्च प्राथमिकता राखिएको नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।त्रिवेणी गाऊपालिकामा आगामी आर्थिक बर्षमा २ ओटा नमुना प्राविधिक बिद्यालय स्थापना गरिने
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७९ /०८० कोे नीति, कार्यक्रम र वजेट ल्याएको छ । आज भएको सातौँ गाउँसभामा गाउँपालिका अध्यक्ष गनेश कुमार केसीले नीति, कार्यक्रम पेश गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृर्षि, पशुपालन, स्थानीय सडक, सिंचाई पर्यटन रोजगारीलाई प्राथमिकतामा राखीएको छ ।
नीति तथा कार्यक्रममा आगामी वर्षमा पालिका भित्र २ वटा नमुना प्राविधिक विद्यालय स्थापना गरी दक्ष प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने, एथोपेथिक अस्पताल सगैँ आयुर्वेद उपचार केन्द्र र प्राकृतिक उपचार केन्द्र स्थापना गरिने, प्रत्येक वडामा बढीमा १० अति विपन्न घरपरिवार छनोट गरी निशुल्क स्वास्थ्य विमा गरिने , पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रमअगाडि बढाईने, पिउने पानी पहुँचमा स्वच्छता र शुद्धता, एक घर एक धारा त्रिवेणी गाउँपालिकाको प्रतिवद्धता भन्ने नाराका साथ स्वच्छ सुरक्षित, सर्वशुलव र दिगो खानेपानी योजना निमार्ण तथा सरसफाई सेवामा आम नागरिकको पहुँच स्थापित गरिने गाउँपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्यस्तै कृर्षिलाई आधुनिकिकरण, व्यवसायिकरण गर्ने, स्थान विशेषताको आधारमा तरकारी, खाद्यान्न ,फलफुल, जडीवुटि उत्पादन पकेट क्षेत्र तोकि काम अगाडि बढाइने किसानहरुलाई सोही अनुसार प्राविधिक सेवा औजारमा अनुदानको व्यवस्था मिलाऊने,लगायत
सडक, खानेपानी, विद्युत आवास तथा सहरिकरण, सार्वजनिक भवन जस्ता विषयमा उच्च प्राथमिकता राखिएको नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।