रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेको छ । असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेको गाउँपालिकाले १० गते बजेट गाउँसभामा पेश गरेको हो । गाउँसभाका उपाध्यक्ष गोपाल रेउलेले आर्थिक वर्ष २०७९÷८० को लागि पौने सन्ताउन्न करोडको बजेट गाउँसभामा पेश गर्नुभएको छ । उपाध्यक्ष रेउलेले आगामी आर्थिक वर्षको लागि गाउँपालिकाको कुल बजेट ५७ करोड ७६ लाख ४० हजार ४ सय ६४ रुपैयाँ पेश गर्नुभएको हो ।