रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको दोस्रो बैठक सम्पन्न भएको छ । आज बसेको दोस्रो बैठकले ९ गते देखि सुरु हुने आर्थिक वर्ष २०७९÷८० को निति तथा कार्यक्रम बजेट विभिन्न विधेकहरु पेश गर्ने निर्णय गरेको हो । त्यस्तै नगर कार्यपालिकाले आज बैठक बसि प्रबक्ताकाे जिम्मेवारी ५ नम्बर वडा अध्यक्ष खुम बहादुर खड्कालाई तोकिएको छ । नगरपालिकाको यो दोस्रो स्थानीय तह पछिकाे पहिलो नगर सभा रहेकाे छ।असार ९ गते नीति तथा कार्यक्रम बजेट र आर्थिक विधेक पेश गरिने चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण ढुङगेलले बताउनुभयो । नगर सभामा सरोकारवाला सवैलाई उपस्थितिको लागि उहाँले अनुरोध गर्नुभएको छ ।