रुकुम पश्चिमको समन्वय लागि माओवादी बाट प्रमुखमा गाैतम र उपप्रमुखमा कामीकाे उम्मेदवारी दर्ता
64x64
२०७९ जेठ २६ बिहिबार प्रेसपालिका संवाददाता
298 Views

जिल्ला समन्वय समितिका लागि रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रबाट मात्र उम्मेदवारी परेको छ । जिसस निर्वाचन अन्तरगत आज दिनभर उम्मेदवार मनोनयनको समय तोकिएको थियो । जिल्ला समन्वयका लागि नेकपा माओवादी केन्द्रबाट मात्र उम्मेदवारी परेको मुुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुखमा लुम्बिनी गौतम केसी र उपप्रमुखमा देववहादुर कामीको उम्मेदवारी परेको छ । माओवादी केन्द्रले यसअघि नै जिल्ला समन्वय समितिको नेतृत्वमा महिलालाई पठाउने गरेको थियो । सोही अनुसार आज प्रमुखमा केसीको मनोनयन परेको हो । त्यस्तै । स्थानीय तहको निर्वाचनबाट केसी आठबीसकोट नगरपालिका वडा नम्बर १० र कामी सानीभेरी गाउँपालिका वडा नम्बर ३ को सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सदस्यहरुमा खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतमको मात्र उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपालीको उम्मेदवारी पर्दा दलित वा अल्पसंख्यकबाट मीना बिकको उम्मेदवारी परेको छ । जिससका लागि माओवादीले आठबीसकोटबाट प्रमुख र एक सदस्य, सानीभेरीबाट उपप्रमुख सहित १ सदस्य र चौरजहारी नगरपालिकाबाट २ जना सदस्य उठाएको छ ।  मुसीकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाबाट १/१ जनालाई उम्मेदवार बनाईएको छ । जिल्ला समन्वय समितिको नेतृत्व निर्विरोध हुने भएको छ । मतदानको मिति जेठ ३१ गतेका लागि तोकिएको छ । विपक्षमा कसैको उम्मेदवारी नपरेकोले ३१ गते निर्विरोध विजयी भएको औपचारिक घोषणा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |