चाैरजहारीमा कार्यपालिका गठन, निर्वाचित सबै माओवादीका
64x64
२०७९ जेठ १४ शनिबार प्रेसपालिका संवाददाता
1078 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नगर कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिकामा ८ जना निर्विरोध निर्वाचित भएसँगै चौरजहारी कार्यपालिकाले पूर्णता पाएको हो ।
तोकिएको संख्या भन्दा बढी उम्मेदवारी नपरेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महिलातर्फ उमादेवी सुनार, पुतला पुन मल्ल, भिमा थापा, मिना केसी र लक्ष्मी सुनार निर्वाचित भएका छन् ।
अल्पसंख्यक तथा दलिततर्फ तुलाराम सुनार विमला नेपाली र देवेन्द्रकुमार सुनार निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्वाचन प्रक्रियामा माओवादीका उम्मेदवारले मात्रै मनोनयन दर्ता गरेका थिए । २४ सदस्यीय नगर कार्यपालिकामा ३ जना कांग्रेस र २१ जना माओवादीका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |