रुकुम पश्चिमको चाैरजहारी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि संग परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन बाट निर्वाचित नगर प्रमुख पुष्प बादी , उप प्रमुख इश्वरी कुमारी शर्मा बिएमले नगरपालिकामा कार्यरत कर्मचारीहरु संग परिचयात्मक कार्यक्रम गर्नु भएको हो ।
नगरका १४ वटा वडाका वडा सचिव तथा पालिकामा कार्यरत कर्मचारी र स्वास्थ्य संस्था कार्यालयमा कार्यरत कर्मचारीहरु संग परिचयात्मक तथा भेटघाट कार्यक्रम गरिएको हाे ।
कार्यक्रममा बोल्दै प्रमुख बादीले आफ्नो तह र तप्का बाट लागेर स्थानीय चुनाब लाई शान्तिपूर्ण ढंगले सफल पारेकोमा पालिकामा कार्यरत कर्माचारी लाई धन्यवाद दिनु भयको छ ।
साथै अबका दिनमा सबै कर्मचारीहरु संग सहकार्य गरेर कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी र तिब्र बनाउने बत्ताऊनुभयो । आत्मनिर्भर र समृद्ध नगर निर्माणको लागि सदैव कर्मचारीको साथ र सहयोगकाे अपेक्षा आफुले गरेको बादीले बताउनु भयो ।