चौरजहारी नगरपालिकाद्वारा, कार्यक्रम र बजेट निर्माणमा सुझाव दिन आग्रह
64x64
२०७९ जेठ ११ बुधबार प्रेसपालिका संवाददाता
535 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नीति, कार्यक्रम र बजेट निर्माणमा सुझाव आह्वान गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एक सूचना जारी गर्नु भएको छ । नीति, कार्यक्रम र बजेट निर्माणमा सुझाव दिन , सूचनामा विभिन्न ९ विषयमा सुझाव दिन आग्रह गरिएको छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन, आवधिक र रणनीतिक योजना निर्माण, राजश्व बृद्धि, स्थानीय स्रोतको परिचालन र जनसहभागिता बृद्धि लगायतका विषयमा सुझाव माग गरिएको छ । जेठ १८ गते भित्रै सुझाव पठाएमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव राख्न सकिने सूचनमा उल्लेख गरिएको छ।आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापनमा सुझाव दिन सबैसित आग्रह गरिएको छ । लिखित, मौखिक सुझावहरु सिझै कार्यालयमा दिन सकिने वा इमेल मार्फत पनि दिन सकिने व्यवस्था गरिएको निमित्त प्रमुख ढकालले जानकारी दिनु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |