मुसिकाेटमा माओवादी र समाजवादीबाट निर्वाचित ४० जना जनप्रतिनिधिहरुले सपथ लिए
64x64
२०७९ जेठ ११ बुधबार प्रेसपालिका संवाददाता
553 Views

रुकुम पश्चिम  मुसीकोट नगरपालिका वडा नम्बर ५ मा रहेको सहिद प्रतिष्ठान सभाहलमा नगर प्रमुख महेन्द्र केसीबाट नगर उप प्रमुख, माओवादी केन्द्र बाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुले सपथ  गरेका हुन् ।  मुसीकोट नगरपालिकाको सपथ ग्रहण  २ चरणमा भएको छ । कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने ९ गते सोमबार सपथ ग्रहण लिएका थिए । यस अघि नै सदरमुकाममा विजय तथा विरोध र्याली निकाल्दै माओवादी केन्द्र र एकीकृत समाजवादीले जेठ ९ गते सोमबारका लागि आयोजित सपथ ग्रहणमा सहभागि भएका थिएनन् र मतगणनामा धाधली भएकाे भनी यश अघि  असन्तुष्टि जनाएको थियोे । उप प्रमुख विमलकुमार पुन, वडा नम्बर ४, ६, ७, ९, १०, ११, १२ र १३ नम्बर वडाका अध्यक्ष तथा सदस्य र अन्य वडाका सदस्यहरुले सहिद कामी बुढाकाे फाेटाे साक्षी राखेर सपथ लिए ।

 नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका ४० जना जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News