चाैरजहारी १३ का अध्यक्षले राज्यबाट आफूले पाउने सेवा, सुविधा, पारिश्रमिक नलिने
64x64
२०७९ जेठ ११ बुधबार प्रेसपालिका संवाददाता
760 Views

चौरजहारी नगरपालिकाका एक नवनिर्वाचित वडा अध्यक्षले राज्यबाट आफूले पाउने कुनै पनि सेवा, सुविधा तथा पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । नगरपालिका काे १३ नम्बर वडाका नवनिर्वाचित वडा अध्यक्ष श्रीकृष्ण शर्माले यस्तो घोषणा गर्नु भएको हो । पदभार ग्रहण गरे पछिकाे पहिलो निर्णय यस्तो गर्नु भएको हो । उहाले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले राज्यबाट पाउने सेवा सुविधा नलिने बताउनु भयो ।

जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै उहाँले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता गर्नु भयको हो । समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै आफुलाई अत्याधिक मतदिएर जिताउने मतदातालाई धन्यबाद दिदै मतदाताको सपना पुरा गर्ने प्रतिबद्दता गर्नु भयो । त्यस्तै उहाँले असहाय, अशक्त, घाईते, गरिव र शहिद परिवारका ५० जनालाई निशुल्क सिफारिसमा उलब्ध गराउने निर्णय समेत गर्नुभयो ।

शर्मा २०७४ काे पहिलो स्थानिय तहकाे निर्वाचनमा वडा अध्यक्षमा पराजित हुनु भएको थियो । उहाँ अध्यक्षमा पराजित भए पछि पार्टीमा सक्रिय रहेर समाज सेवामा लागि रहनु भयको थियो । फेरि स्थानीय तहको दोस्रो निर्वाचनमा माओवादी केन्द्र बाट वडा अध्यक्षका उमेद्वार भयका शर्मा अत्यधिक मतले विजयी हुनु भयको थियो । उहाँ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चौरजहारी नगर समिति अध्यक्ष समेत रहनु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News