चौरजहारी १२ मा नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण
64x64
२०७९ जेठ ०९ सोमबार प्रकाश डाँगी (प्रचण्ड)
456 Views

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १२ मा नवनिर्वाचित जनप्रतिनिधिहरु ले पदभार ग्रहण गर्नु भएको छ । आज नव निर्वाचित वडा अध्यक्ष टीकाराम ओली लगायत ४ जना सदस्यको टिमले पदभार ग्रहण गरेकाे हो । स्थानीय तहको दोस्रो निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएपछि ओलीले पदभार ग्रहण गर्नुभएको हो । ओली पहिलो स्थानिय तहकाे निर्वाचन २०७४ मा पनि वडा अध्यक्ष मा निर्वाचित भई पाँच बर्षकाे कार्यकाल बिताउनु भएको थियो ।चौरजहारी १२ मा नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण - प्रेस पालिका

१२ नम्बर वडा सचिव शिवराम शाही , पहिलो स्थानिय तहकाे निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरु , वडा बासी जनसमुदाय लगायतले उहाँलाई पदभार ग्रहण गराउनु भएको हो । त्यस अघि नव निर्वाचित वडा अध्यक्ष र सदस्य हरुलाई वडाकाले स्वागत गरेको थियो । निवर्तमाण पदाधिकारी र कर्मचारीले स्वागत गर्नु भएको थियो । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एमाले , कांग्रेस काे गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै माओबादि केन्द्र बाट ओलीको सिङ्गो टिम नै विजयी भएकाे थियो । त्यस्तै पहिलेकाे पाँच कार्यकाल बिताउनु भएका जनप्रतिनिधिलाई नव निर्वाचित जनप्रतिनिधीले कदर पत्र प्रदान गरि बिदाई गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |