मतदातालाई धन्यवाद दिदै नगरप्रमुख बादी, जनताको सिर झुक्न दिने छैन
64x64
२०७९ जेठ ०८ आइतबार प्रेसपालिका संवाददाता
626 Views

चाैरजहारी नगरपालिका नगरप्रमुख पुष्प बादी निर्वाचित भए पछि मतदातालाइ धन्यवाद , दिदै अब जनप्रतिनिधिको रुपमा सबैलाई समान व्यवहार गर्ने बताउनु भएकाे छ । उहाले भन्नू भयाे ‘ मैले भोग्दा जस्तो विभेद अहिले छैन गरिब, विपन्न, असहायका लागि विशेष कार्यक्रम बनाउने, उनीहरुको सशक्तिकरणका लागि काम गर्ने बादीले बताउनु भयाे । पहिलो स्थानीय सरकारले ५ वर्षसम्म गरेका कामको स्थायित्व, अपूरा काम पूरा गर्ने, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा बढी काम गर्ने गरी योजना बनाएको बादीले बताउनु भयाे । भौतिक पूर्वाधारमा पहिलो स्थानीय सरकारले गरेका कामलाई निरन्तरता दिँदै आर्थिक उपार्जन, रोजगार र स्वरोजगारमा विशेष जोड दिइने गरी घोषणापत्र बनाइएको छ । त्यस्तै १४ वटै वडाका जनतालाइ , मतदान गरि आफुलाई जिताउन सफल भएकाेमा सबै चाैरजहारी बासिलाइ वादीले धन्यवाद दिनु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News