रुकुम पश्चिमका चाैरजहारी नगरपालिका र मुसिकाेट नगरपालिका नगरप्रमुखले सपथ ग्रहण गरेका छन् । मुसीकोट नगरप्रमुखमा निर्वाचित महेन्द्र केसी र चौरजहारी नगरप्रमुखमा निर्वाचित पुष्प वादीले जिल्ला अदालतमा रुकुम पश्चिममा सपथ ग्रहण गर्नुभएको हो । जिल्ला न्यायधिश विद्याराज पौडेलले दुवैलाई सपथ गराउनुभएको हो । नगरप्रमुखले सपथ ग्रहण गरेपछि उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यलनइ नगरप्रमुखले सपथ ग्रहण गराउने कार्यबिधि छ ।
